खबरब्रेकिंग, काठमाडौं, मङ्सिर ६ गते । एमालेको केन्द्रीय कमिटी बैठक आज बस्दैछ। पार्टी कार्यालय च्यासलमा बैठक बिहान ११ बजे बस्न लागेको हो।
‘झुलाघाटदेखि चिवाभञ्ज्याङसम्म समृद्धिका लागि संकल्प यात्रा’ अभियानको तयारी, समसामयिक राजनीतिक गतिविधि लगायतका विषयमा छलफल गर्नका लागि बैठक बोलाइएको एमाले केन्द्रीय सदस्य तथा सांसद सूर्य थापाले बताए।
एमालेले मंसिर १४ गतेदेखि सामाजिक सद्भाव र राष्ट्रिय एकताको प्रवर्द्धनको अजेन्डा लिएर लोकमार्ग केन्द्रित ‘झुलाघाटदेखि चिवाभञ्ज्याङसम्म समृद्धिका लागि संकल्प यात्रा’ सुरू गर्ने भएको छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend