खबरब्रेकिंग, काठमाडौं, मङ्सिर ६ गते । राप्रपा नेता रवि किरण हमालले नेपाल अब पृथ्वीनारायण शाहको पालाको मान्यता भन्दा माथि उठ्नुपर्ने बताएका छन् ।
राप्रपा, अन्तर्राष्ट्रिय सम्बन्ध विभागद्वारा आयोजित ुनेपालको परराष्ट्र नीतिस् विगत, वर्तमान र भविष्यु विषयक विचार गोष्ठी कार्यक्रममा सहभागी किरणले पत्रकारलाई प्रतिक्रिया दिदै शीतयुद्धको धङधङी साथै पृथ्वीनारायण शाहले स्थापित नेपाल दुई ढुंगा बिचको तरुल भन्ने मान्यता बदल्नुपर्ने बताएका छन् ।
नेपालले रास्ट्रीय एकता कायम गर्ने , हिन्दुत्वको पहिचानलाई पुनःस्थापना गर्ने, नेपालको सभ्यता र संस्कृतिलाई पुनर्जागरण गर्ने बाहेक अन्य विकल्प नरहेको किरणको दाबी छ ।
हाम्रा दुई छिमेकी अन्तर्राष्ट्रिय राजनीतिलाई समेत प्रभावित पार्ने ल्याकत राख्छन् , आर्थिक रूपमा सम्पन्न हुँदैछन् उनीहरुलाई मिलाएर जोडेर नेपालले उन्नति हासिल गर्ने खालको परराष्ट नीति अगाडि सार्नुपर्ने किरणले बताए ।
किरणले नेपालको परराष्ट नीतिमा चार प्रमुख समस्या समेत औल्याएका छन् । उनले रास्ट्रीय एकता कायम गर्न नसक्नु , नेपालको हिन्दुत्व सहितको पृथक पहिचान स्थापित नहुनु , वैचारिक निकटताको आधारमा सम्बन्ध विस्तार गर्नु र सत्ता स्वार्थ प्रेरित भएर सम्बन्ध निर्माण गर्ने परिपाटीले परराष्ट नीतिमा संकट आएको बताए ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend