शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

प्रधानमन्त्री निवास बालुवाटारमा प्रचण्ड, देउवा र ओलीबीच भेटवार्ता

प्रधानमन्त्री निवास बालुवाटारमा प्रचण्ड, देउवा र ओलीबीच भेटवार्ता

खबरब्रेकिंग, काठमाडौं, मंसिर ५ गते । तीन शीर्ष नेताबीच प्रधानमन्त्री निवास बालुवाटारमा आज भेटवार्ता भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीबीच मंगलबार साँझ भेटवार्ता भएको हो ।

विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर भएको दिन अर्थात् ५ मंसिरको सन्दर्भमा उनीहरूबीच भेटवार्ता भएको हो । २०६३ मंसिर ५ मा सात राजनीतिक दल र तत्कालीन माओवादीबीच विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर भएको थियो । सोही दिनको सन्दर्भ पारेर उनीहरूबीच छलफल भएको हो ।

उक्त सम्झौतामा हस्ताक्षर गर्ने दलहरू मध्येका तीन जना शिर्ष नेताहरू बालुवाटारमा बसी शान्ति सम्झौताका बाँकी कामहरूलाई यथासक्य छिटो टुंगोमा पुर्‍याउने प्रतिबद्धतासहित छलफलमा सहभागी भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend