शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३

‘अरब’ गीतिकाव्यको विमोचन

‘अरब’ गीतिकाव्यको विमोचन

खवरब्रेकिंग, काठमाडौं,मङ्सिर ५ गते । कवि प्रेमप्रसाद भट्टराईको ‘अरब’ गीतिकाव्यको विमोचन भएको छ । साहित्यिक पत्रकार सङ्घले सोमबार सामाजिक विकास समाज, अनामनगर, काठमाडौँमा आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथि प्राडा सुरेन्द्र केसीले सो कृति लोकार्पण गरेका हुन् ।

सो कार्यक्रममा सङ्घका अध्यक्ष राधेश्याम लेकाली, नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव धनप्रसाद सुवेदी, वरिष्ठ कवि प्रह्लाद पोखरेल, नायक नवल खड्का, साझा प्रकाशनका लवप्रसाद भण्डारीलगायतले कृतिबारे आआफ्नो मन्तव्य राखेका थिए ।

कवि भट्टराई साहित्यिक पत्रकार सङ्घका आजीवन सदस्य एवं अनेसास कतारका पूर्वअध्यक्ष पनि हुन् । सो कार्यक्रममा कृतिका सर्जकलाई सम्मान पनि गरिएको थियो ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend