शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३

आज विश्व टेलिभिजन दिवस मनाइँदै

आज विश्व टेलिभिजन दिवस मनाइँदै

खबरब्रेकिंग, काठमाडौं, मङ्सिर ४ गते । आज विश्व टेलिभिजन दिवस नेपालमा पनि विभिन्न कार्यक्रमगरी मनाइँदैछ। १७ डिसेम्बर १९९६ मा बसेको संयुक्त राष्ट्रसंघको महासभाले हरेक वर्ष २१ नोभेम्बरका दिन विश्वभर टेलिभिजन दिवस मनाउने निर्णय गरेअनुसार आजको दिनमा यो दिवस मनाउने गरिएको हो।

सन् १९३० को दशकमा प्रसारण शुरु भएको टेलिभिजन प्रविधिलाई सबैभन्दा सशक्त सञ्चारको माध्यमका रूपमा लिइन्छ। तर पछिल्लो समय सामाजिक सञ्जालको व्यापक प्रयोगले टेलिभिजन हेर्नेको संख्या घटेको विश्लेषण गरिएको छ।

टेलिभिजनको इतिहासमा सन् १९३६ नोभेम्बर २ देखि बीबीसीले नियमित प्रसारण सुरु गरेको पाइन्छ। सन् १९५४ देखि रंगिन टेलिभिजनको विकास भई रंगीन दृश्यहरू हेर्न सकिने अवस्था आएको हो। नेपालमा भने सन् १९७० ताका टेलिभिजनका सेटहरू भित्रिएको पाइन्छ। २०४१ साल माघ १७ गते नेपाल टेलिभिजन स्थापना भएको हो।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend