सांकेतिक तस्बिर।
काठमाडौँ, मंसिर ३ गते । नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासङ्घ र करेन्ट मिडिया एन्ड रिसर्च सेन्टरको संयुक्त आयोजनामा दक्षिण एसिया अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी हुने भएको छ।आज आयोजित पत्रकार सम्मेलनमा आयोजक संस्थाले सो जानकारी दिएको हो ।
यही मङ्सिर ५ देखि ९ गतेसम्म भृकुटीमण्डपमा हुने प्रदर्शनीमा भारत, बङ्गलादेश, चीन, अमेरिका, इजिप्टसहित १५ भन्दा बढी देशका प्रकाशक, उत्पादक तथा वितरकको सहभागिता रहने महासङ्घका वरिष्ठ उपाध्यक्ष दिवाकर घिमिरेले बताए । प्रदर्शनीमा एक सय ८० भन्दा बढी कक्ष रहने छन्।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend