शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३

नेकपा एसका जिल्ला अध्यक्ष यादवसहित दर्जनौं नेता कार्यकर्ता एमालेमा प्रबेश

नेकपा एसका जिल्ला अध्यक्ष यादवसहित दर्जनौं नेता कार्यकर्ता एमालेमा प्रबेश

बर्दिवास, कात्तिक ३० गते । नेकपा एकीकृत समाजवादी महोत्तरीका अध्यक्ष कौशिलाल यादव सहित दर्जनौं नेता कार्यकर्ताहरु एमाले प्रबेश गरेका छन । नेकपा एसका जिल्ला अध्यक्ष यादवसहित जिल्ला सचिव अरुण कुमार चौधरी, भंगहा नगरपालिकाका नगर कमिटी अध्यक्ष किशोरी सिंह लगायत नेता कार्यकर्ताहरूले पार्टी परित्यागको घोषणा गरेका हुन ।

महोत्तरीको रामगोपालपुरमा एमाले क्षेत्रीय समन्वय समितिले आयोजना गरेको दसैँ, दीपावली तथा छठ पर्वको अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनीहरुले पार्टी परित्याग गरेको घोषणा गरेका हुन । नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नेकपा एस परित्याग गरेका नेता कार्यकर्ताहरुलाई फूलमाला र अबिर लगाएर पार्टीमा स्वागत गरेका छन् ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend