बागलुङ, कात्तिक ३० गते । बागलुङमा जीप दुर्घटना हुँदा एक जना घाइते भएका छन्। बुधबार राती बागलुङ नगरपालिका–९ तित्याङबाट बागलुङ बजार आउँदै गरेको ग २ च २६३३ नम्बरको बोलेरो पिकअप जीप बानपा–३ मा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ।
बागलुङ नगरपालिका–१ रामरेखा बस्ने ६० वर्षीय कविराज थापा दुर्घटनामा परी गम्भीर घाइते भएका जिप्रका बागलुङका प्रहरी निरीक्षक बसन्त बहादुर भुजेलले बताए। धौलागिरी अस्पताल बागलुङमा घाइते थापाको प्रथामिक उपचारपछि थप उपचारको लागि मणिपाल अस्पताल पोखरा रिफर गरिएको प्रनि भुजेलले जानकारी दिए।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend