शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३

नेपाल प्रहरी श्रीमती संघद्वारा भूकम्प पीडितलाई ५ लाख ५५ हजार सहयोग

नेपाल प्रहरी श्रीमती संघद्वारा भूकम्प पीडितलाई ५ लाख ५५ हजार सहयोग

काठमाडौं, कात्तिक २७ गते । नेपाल प्रहरी श्रीमती संघले भूकम्प पीडितका लागि रु पाँच लाख ५५ हजार पाँच सय ५५ सहयोग गरेको छ । आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रधानमन्त्री निवास बालुवाटारमा संघकी अध्यक्ष लक्ष्मी कुँवरले संघका तर्फबाट चेक हस्तान्तरण गरेकी हुन् ।

चेक हस्तान्तरणका अवसरमा संघका अन्य पदाधिकारीहरूको उपस्थिति रहेको थियो । जाजरकोट, रुकुम पश्चिमलगायत जिल्लाका भूकम्प प्रभावितको सहयोगार्थ प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषका लागि उक्त रकमको सहयोग गरिएको संघले जनाएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend