काठमाडौँ,कात्तिक २२ गते । नक्कली नोटसहित प्रहरीले रसुवाबाट तीन जनालाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्लाको उत्तरगया गाउँपालिका वडा नं ५ नौबिसेमा रहेको एक होटलबाट नक्कली नेपाली नोटसहित उनिहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।
पक्राउ पर्नेहरुमा नुवाकोट जिल्ला ककनी गाउँपालिका वडा नं ६ बस्ने बुद्धिबहादुर तामाङ, विदुर नगरपालिका वडा नम्बर ८ बस्ने मानबहादुर गुरुङ, दुप्चेश्वर गाउँपालिका ७ बस्ने ज्ञानेन्द्रबहादुर पण्डित रहेका छन् । उनिहरुलाई ठगी उद्योग मुद्दामा सात दिनको म्याद दिई मुद्रा सम्बन्धी कसुरमा अनुसन्धान अगाडि बढाइएको प्रहरी नायब उपरीक्षक सुभाष बुढाथोकीले बताए ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend