काठमाण्डौं, कार्तिक २१ गते । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बिभिन्न पार्टीका बीचमा एकता र आपसी सहकार्यको आवश्यकता रहेको बताएका छन् । मंगलबार सर्वदलीय बैठकमा सहभागी भएर निस्किने क्रममा सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन ।
जनजीविकाका सवालमा पार्टीहरू देश र जनताको हितलाई सर्वोपरि राखेर अगाडि बढ्नुपर्ने उनले बताए । उनले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था परिवर्तन आवश्यक नभए पनि वर्तमान व्यवस्थामा सुधारको खाँचो रहेको बताए । देशमा भ्रष्टाचार, विकृति र विसंगतिको अन्त्य गर्दै जनताको अवस्थामा पनि आमूल परिवर्तन गर्नुपर्ने उनले बताए । उनले शान्ति प्रक्रियालाई छिट्टै निष्कर्षमा पुर्याउनुपर्नेमा जोड दिएका छन् ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend