शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३

प्रधानमन्त्री दाहालले गरे सर्वदलीय बैठक आह्वान

प्रधानमन्त्री दाहालले गरे सर्वदलीय बैठक आह्वान

फाइल फोटो
काठमाडौं, कात्तिक २१ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मंगलबार सर्वदलीय बैठक आह्वान गरेका छन्। आज दिउँसो २ बजे सिंहदरबारमा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलसँग छलफल गर्न बैठक बोलाइएको हो।

गत शुक्रवार जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर गएको भूकम्पले मानवीय र भौतिक रूपमा ठूलो क्षति गरेपछि प्रधानमन्त्रीले उक्त विषयमा र समसामयिक विषयमा छलफल गर्न बैठक बोलाएको बताइएको छ।

६.४ रेक्टर स्केलको भूकम्प जाँदा १५३ जनाले ज्यान गुमाएका छन्। जसमध्ये जाजरकोटका १०१ र रुकुम(पश्चिमका ५२ जना रहेका छन्।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend