सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

आज शोक बिदा

आज शोक बिदा

काठमाडौँ, कात्तिक १९ गते । कर्णाली प्रदेश सरकारले आज (आइतबार) शोक बिदा दिएको छ। शुक्रबार राति जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पमा ज्यान गुमाएकाको सम्झनामा श्रद्धाञ्जली व्यक्त गर्न भन्दै प्रदेशले बिदा दिएको हो।

शनिबार बसेको मन्त्रिपरिषद् बैठकले आइतबार भूकम्पमा परेर मृत्यु हुनेहरूको सम्झनामा श्रद्धाञ्जली व्यक्त गर्न शोक मनाउने निर्णय गरेको थियो। प्रदेश सरकारले भूकम्पपीडितहरूलाई सहयोग गर्नसमेत आग्रह गरेको छ । शुक्रबार राति ११ बजेर ४७ मिनेटमा जाजरकोटको रामिडाँडा केन्द्रविन्दु बनाएर ६.४ रेक्टर स्केलको भूकम्प गएको थियो।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend