शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३

आज संघीय संसदका पाँच संसदीय समितिको बैठक बस्दै

आज संघीय संसदका पाँच संसदीय समितिको बैठक बस्दै

काठमाडौं, कात्तिक १५ गते । आज संघीय संसदका पाँच समितिका बैठक बस्दैछन् । प्रतिनिधिसभाका तीन, राष्ट्रियसभाको एक र संयुक्त समितिको एक गरी पाँच समितिको बैठक बुधबारको लागि बोलाएको संघीय संसद सचिवालयले जनाएको छ । आज राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले विद्युतीय व्यापार विधेयक, २०८० को मस्यौदा प्रतिवेदनमाथि छलफल गर्न लागेको छ । बैठक बिहान ११ बजेको लागि बोलाईएको छ ।

यस्तै, प्रतिनिधि सभाका राज्य व्यवस्था तथा सुशासन समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति,महिला तथा सामाजिक मामिला समिति र संसदीय सुनुवाइ समितिको पनि बैठक आजै बस्दै छ । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको १४ औं बैठक बिहान ११ः३० बजे बोलाईएको छ । यसैगरी महिला तथा सामाजिक मामिला समितिको बैठक आज पनि ११ बजे बस्दै छ । राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बिहान ११ः०० बजेका लागि बोलाईएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend