आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

सुशासन बिना चुनावको अर्थ छैनः प्रधानमन्त्री कार्की

सुशासन बिना चुनावको अर्थ छैनः प्रधानमन्त्री कार्की

 

१२ कार्तिक, काठमाडौं । प्रधानमन्त्री सुशिला कार्कीले जेनजी आन्दोलनले उठाएका सुशासन र भ्रष्टाचारविरुद्धका माग सम्बोधन नगरी केवल चुनाव गर्न खोज्नु अर्थहीन हुने बताएकी छन्।

बुधबार सरकार, राजनीतिक दल र जेनजी प्रतिनिधिबीचको त्रिपक्षीय वार्तामा उनले मुलुक निर्माण सबैको साझा जिम्मेवारी भएको भन्दै निरन्तर संवाद आवश्यक रहेको उल्लेख गरिन्।

‘चुनाव चाहिन्छ, तर सुशासन र भ्रष्टाचारविरुद्धको कदम बिना चुनावको मूल्य रहँदैन,’ प्रधानमन्त्री कार्कीले भनिन्। आगामी फागुन २१ गते तय भएको निर्वाचनलाई लक्षित गर्दै पहिलोपटक तीन पक्षबीच औपचारिक वार्ता गरिएको हो।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend