आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

डा डीआर उपाध्यायद्वारा शुभ दीपावली २०८२ को हार्दिक शुभकामना

डा डीआर उपाध्यायद्वारा शुभ दीपावली २०८२ को हार्दिक शुभकामना

 

४ कात्तिक, काठमाडौं । १५३ वटा विश्व कीर्तिमान कायम गर्न सफल प्रख्यात व्यक्तित्व, लेखक, गीतकार तथा साहित्यकार डा. डी.आर. उपाध्यायले शुभ दीपावली २०८२ का अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नुभएको छ ।

उहाँले सन्देशमार्फत नेपालीहरूबीच प्रेम, एकता र सहअस्तित्वको भावना झन् सुदृढ होस् भन्ने कामना गर्दै तिहारले उज्यालो, शान्ति र समृद्धिको सन्देश सबैको घरघरमा फैलाओस् भन्ने शुभेच्छा प्रकट गर्नुभएको छ ।

डा. उपाध्यायले नेपाली गीत, साहित्य र सांस्कृतिक क्षेत्रमा पुर्‍याउनुभएको योगदान असाधारण मानिन्छ । उहाँले शुभकामना सन्देशमा नेपाली कला, संस्कृति र राष्ट्रिय पहिचानको संरक्षणमा सबैले सकारात्मक भूमिका निर्वाह गर्नुपर्नेमा पनि जोड दिनुभएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend