४ कात्तिक, काठमाडौं । बुढानीलकण्ठ नगरपालिका–१३ चुनिखेलस्थित नेवा चुली रिसोर्टमा जुवातास खेलिरहेका ९ जना पक्राउ परेका छन् । सोमबार राति प्रहरीले छापा मार्दै उनीहरूबाट दुई लाख ३१ हजार रुपैयाँ र १६ बुक तास बरामद गरेको हो ।
पक्राउ पर्नेमा सुजन श्रेष्ठ, विकास श्रेष्ठ, रिसोर्टका सञ्चालक राकेश श्रेष्ठ, सुनिल श्रेष्ठ, सुरज राना, नामगेल भोलान, रामशंकर पराजुली, जितेन्द्र तामाङ र जयकुमार श्रेष्ठ रहेका छन् ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend