आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

ठुलोबाबु श्रेष्ठद्वारा तिहार, नेपाल संवत् ११४६ र छठ पर्वको शुभकामना

ठुलोबाबु श्रेष्ठद्वारा तिहार, नेपाल संवत् ११४६ र छठ पर्वको शुभकामना

 

३ कार्तिक, काठमाडौं । ग्रील तथा स्टील व्यवसायी महासंघ नेपालका अध्यक्ष ठुलोबाबु श्रेष्ठले नेपालीहरूको महान् पर्व तिहार, नयाँवर्ष नेपाल संवत् ११४६ र छठ पर्वको पावन अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्नुभएको छ ।

श्रेष्ठले शुभकामना सन्देशमार्फत तिहारले ल्याउने उज्यालोले सबैका जीवनमा शान्ति, समृद्धि र सहकार्यको नयाँ ऊर्जा भरिदियोस् भन्ने कामना गर्नुभएको छ । उहाँले नेपाल संवत् ११४६ र छठ पर्वले देशभित्र एकता, सहिष्णुता र आपसी सद्भावलाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गर्नुभएको छ ।

उनका अनुसार पर्वहरूले पारिवारिक सम्बन्ध, धार्मिक आस्था र सामाजिक एकतालाई सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेलेका छन् र ती मूल्यहरूलाई जोगाएर अगाडि बढ्नु अहिलेको आवश्यकता हो ।

श्रेष्ठले ग्रील तथा स्टील व्यवसायी महासंघ नेपालका तर्फबाट उद्योग व्यवसायी, श्रमिक र ग्राहक सबैलाई सन्तुलित आर्थिक समृद्धिको कामना गर्दै देश विकासमा सबैले आफ्नो-आफ्नो क्षेत्रबाट योगदान पुर्‍याउन आह्वान गर्नुभएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend