आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

अब पनि सुधार नगरे जनआन्दोलन अपरिहार्य हुन्छः लुइटेल

अब पनि सुधार नगरे जनआन्दोलन अपरिहार्य हुन्छः लुइटेल

 

३१ असोज, काठमाडौं । संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चाका अध्यक्ष तारा नाथ लुइटेलले नेपालमा देखिएको अस्थिरता र राजनीतिक संकटको एकमात्र समाधान २०४७ सालको संविधानमा फर्किनु नै भएको बताएका छन्।

फेसबुकमार्फत अभिव्यक्ति दिँदै लुइटेलले राजा, कांग्रेस र वामपन्थी शक्तिहरूको सहमतिबाट बनेको २०४७ सालको संविधानले नेपालमा स्थायित्व, एकता र सहअस्तित्वको आधार तयार गरेको स्मरण गराए। तर २०७२ सालमा नयाँ संविधान ल्याएर त्यस ऐतिहासिक दस्तावेजलाई निष्प्रभावी बनाइएको भन्दै उनले त्यसलाई “देशको राजनीतिक दुर्घटना” भनेका छन्।

लुइटेलका अनुसार २०७२ सालको संविधानले मुलुकलाई निकास दिन असफल भएको स्पष्ट प्रमाण अब जनताले नै महसुस गरिरहेका छन्। उनले भने, “२०४७ सालको संविधानमै देशको आत्मा थियो। त्यसलाई बिस्थापित गरेर ल्याइएको २०७२ सालको संविधानले न त शान्ति दियो, न विकास।”

उनले दलहरू बीचको स्वार्थ, विदेशी प्रभाव र सत्ताको लोभले देशलाई बिखण्डनको दिशातर्फ धकेल्दै लगेको उल्लेख गर्दै चेतावनी दिए । “अब पनि सुधार नगरे जनआन्दोलन अपरिहार्य हुन्छ।”

लुइटेलले राजसंस्था, लोकतन्त्र र राष्ट्रिय एकतालाई सन्तुलनमा राख्ने संविधान मात्र दीर्घकालीन समाधान हुने जिकिर गर्दै भने, “अबको निकास २०४७ सालकै संविधानमा परिमार्जन गरेर फर्कनुमा छ, त्यही बाटोबाटै देशमा पुनः शान्ति, विकास र अमन–चयन सम्भव छ।”

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend