आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

विदेशी स्वार्थको खेलमा देश डुब्दैछः शर्मा

विदेशी स्वार्थको खेलमा देश डुब्दैछः शर्मा

 

३१ असोज, काठमाडौं ।नेपाल संरक्षण अभियानका केन्द्रीय संयोजक बिष्णु प्रसाद शर्माले देशमा अहिले भइरहेका राजनीतिक घटनाक्रम विदेशी शक्तिको खेल भएको आरोप लगाएका छन्। उनले २४ गतेको घटना नेपाली जनताको आन्दोलन नभई बाह्य स्वार्थले प्रेरित रहेको दाबी गरे।

शर्माका अनुसार २००३ सालदेखि विदेशी प्रभावले नेपालको राजनीति क्रमशः विषाक्त बन्दै आएको हो। उनले भने, “दलहरूले जनताको भावना बुझ्न सकेनन्, देश निरन्तर भासिँदै गइरहेको छ।”

उनले हालको जनअसन्तोषको मूल कारण भ्रष्टाचार, दलगत स्वार्थ र नेतृत्वको असफलता भएको उल्लेख गर्दै राजसंस्थाको पुनःस्थापना नै देशको स्थायित्वको विकल्प भएको बताए।

शर्माले चेतावनी दिँदै भने, “यदि दलहरू विदेशीको आडमा टिकिरहे भने जनताले अब उनीहरूको हुर्मत लिन बाँकी राख्दैनन्।” उनका अनुसार हाल ज्ञानेन्द्र शाहप्रतिको जनसमर्थन बढ्दो छ र जनताले राजसंस्थालाई नै देशको मुक्ति मार्गका रूपमा हेर्न थालेका छन्।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend