आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

नेपालको अस्तित्व हामीले नै बचाउनुपर्छः   नेता तारानाथ लुईटेल

नेपालको अस्तित्व हामीले नै बचाउनुपर्छः   नेता तारानाथ लुईटेल

 

 

२५ असोज, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका नेता तारानाथ लुईटेलले देशको राजनीतिक निर्णयमा बढ्दो विदेशी प्रभावप्रति गम्भीर आपत्ति जनाउँदै नेपालीहरूले आफ्नै अस्तित्व र स्वाधीनता बचाउनुपर्ने धारणा व्यक्त गरेका छन्।

लुईटेलका अनुसार गणतन्त्र आएपछि नेपाली राजनीतिको दिशा विदेशी शक्तिहरूले नियन्त्रण गर्न थालेका छन्। उनले भने, “राजालाई पाखा लगाउने काम पछि भारतका राजदूतले सरकार बनाउने र गिराउने परम्परा सुरु भयो। अहिले आएर युरोपेली शक्तिहरूले समेत त्यही अभ्यास दोहोर्याउन थालेका छन्। यस्तो अवस्थामा नेपालीहरूको अस्तित्व कहाँ रहने हो?”

देशको सार्वभौमसत्ता र स्वाधीनता संकटमा परेको टिप्पणी गर्दै उनले स्वर्गीय राजा महेन्द्रको वाणी उद्धृत गर्दै भने, “नेपालको अस्तित्व मेटियो भने नेपालीहरूको पनि अस्तित्व मेटिने छ। त्यसैले देशको स्वाधीनता हामी आफैंले बचाउनुपर्छ, विदेशीबाट होइन।”

लुईटेलले हालको राजनीतिक नेतृत्वमा आत्मसम्मान र राष्ट्रिय हितप्रति संवेदनशीलता नदेखिएको आरोप लगाउँदै सबै दललाई राष्ट्रियतामुखी दृष्टिकोणबाट अघि बढ्न आग्रह गरे। उनका अनुसार, विदेशीको निर्देशनमा चल्ने राजनीति देशको भविष्यका लागि घातक हुनेछ।

उनले जोड दिए, “हामीले इतिहासबाट सिक्नुपर्छ — जबसम्म नेपालीहरू आफैं आफ्नो देशका मालिक बन्न सक्दैनन्, तबसम्म स्वाधीनता सधैं खतरा रहन्छ।”

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend