आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

राष्ट्रपतिले प्रधानमन्त्री सुशीला कार्की र जेनजीका प्रतिनिधिसँग भेटवार्ता गर्ने

राष्ट्रपतिले प्रधानमन्त्री सुशीला कार्की र जेनजीका प्रतिनिधिसँग भेटवार्ता गर्ने

 

२५ असोज, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले शनिबार प्रधानमन्त्री सुशीला कार्की र जेनजीका प्रतिनिधिसँग भेटवार्ता गर्ने भएका छन्। शुक्रबार मात्र उनले शीतल निवासमा प्रमुख राजनीतिक दलका नेताहरूसँग सर्वदलीय बैठक सम्पन्न गरेका थिए।

प्रधानमन्त्री कार्यालयका एक अधिकारीका अनुसार शनिबार बिहान १० बजे शीतल निवासमा हुने उक्त भेटवार्तामा प्रधानमन्त्री कार्की र जेनजीका प्रतिनिधिहरू सहभागी हुनेछन्।
छलफलमा सुदन गुरुङलगायत जेनजीका विभिन्न समूहका प्रतिनिधिहरू सहभागी हुने तय भएको छ। राष्ट्रपति पौडेलले शुक्रबारको सर्वदलीय बैठकमा प्रधानमन्त्री कार्कीसँगै नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका नेताहरूसँग आगामी फागुन २१ गते तय भएको निर्वाचनका विषयमा परामर्श गरेका थिए।

उक्त बैठकमा दलहरूले निर्वाचन सुरक्षाको पूर्ण ग्यारेन्टी मागेका थिए। जवाफमा प्रधानमन्त्री कार्कीले “ढुक्क हुनुस्, सरकार शान्ति, सुरक्षा र निष्पक्ष निर्वाचनका लागि प्रतिबद्ध छ,” भन्दै दलहरूलाई आश्वस्त पारेकी थिइन्।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend