२३ असोज,काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली आज भक्तपुरमा आयोजना गरिएको विशेष राजनीतिक कार्यक्रममा सम्बोधन गर्ने भएका छन्। एमाले भक्तपुर जिल्ला कमिटीले सूर्यविनायक नगरपालिका–७ गुण्डुमा आयोजना गरेको उक्त कार्यक्रममा ओलीले देशको वर्तमान असामान्य राजनीतिक अवस्थाबारे धारणा राख्नेछन्।
‘समसामयिक राजनीतिक विषयमा विशेष भेटघाट कार्यक्रम’ नाम दिइएको सो कार्यक्रममा अध्यक्ष ओलीले पार्टीका नेता–कार्यकर्ताले निर्वाह गर्नुपर्ने जिम्मेवारी र आगामी राजनीतिक दिशाबारे स्पष्ट सन्देश दिने तयारी गरेको एमाले स्रोतले जनाएको छ।
कार्यक्रममा महासचिव शंकर पोखरेलसहित विभिन्न तहका नेता–कार्यकर्ताको उपस्थिति रहने जिल्ला कमिटी अध्यक्ष बचन देउजाले जानकारी दिएका छन्।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend