आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

प्रधानमन्त्री कार्कीले विपद् व्यवस्थापन परिषद् बैठक बोलाइन्, बाढी–पहिरो पीडितलाई राहत र पुनर्निर्माण एजेन्डा

प्रधानमन्त्री कार्कीले विपद् व्यवस्थापन परिषद् बैठक बोलाइन्, बाढी–पहिरो पीडितलाई राहत र पुनर्निर्माण एजेन्डा

 

२० असोज, काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक आह्वान गरेकी छन्। बैठक मंगलबार बिहान साढे ११ बजे बस्ने गरी आयोजना गरिएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख दिनेशप्रसाद भट्टका अनुसार बैठकले बाढी र पहिरोबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माण, राहत वितरणलाई प्रभावकारी बनाउने, अस्थायी तथा स्थायी वासस्थानको व्यवस्था लगायतका महत्वपूर्ण निर्णय गर्ने अपेक्षा गरिएको छ।

उनका अनुसार हालसम्म अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण ४५ जनाको मृत्यु भएको छ, ६ जना बेपत्ता छन् र २४ जना घाइतेको उपचार भइरहेको छ। घाइतेको निःशुल्क उपचारसँगै पीडित परिवारलाई खाद्यान्न र अन्य आवश्यक सहयोग प्रदान गरिएको छ। भट्टले अझै केही स्थानमा खोज तथा उद्धार कार्य जारी रहेको र जनधनको क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको जानकारी दिएका छन्।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend