आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

प्रतिकूल मौसमका कारण त्रिभुवन विमानस्थलमा आन्तरिक उडान स्थगित, अन्तर्राष्ट्रिय उडान यथावत्

प्रतिकूल मौसमका कारण त्रिभुवन विमानस्थलमा आन्तरिक उडान स्थगित, अन्तर्राष्ट्रिय उडान यथावत्

 

१८ असोज, काठमाडौं । अविरल वर्षाले दृश्यता न्यून भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडानहरू पूर्णरूपमा रद्द भएका छन्।

विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाले दिएको जानकारी अनुसार, शुक्रबार देखिको निरन्तर वर्षाले ‘भिजिबिलिटी’ आवश्यक मापदण्डभन्दा तल झरेपछि यात्रु सुरक्षालाई ध्यानमा राख्दै आन्तरिक उडान रोकिएको हो। यद्यपि अन्तर्राष्ट्रिय उडान भने पूर्वनिर्धारित तालिकाअनुसार सञ्चालन भइरहेका छन्।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend