आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

वर्षाको प्रकोपमा अलपत्र यात्रुहरूलाई सुरक्षित आश्रय दिन प्राधिकरणको आग्रह

वर्षाको प्रकोपमा अलपत्र यात्रुहरूलाई सुरक्षित आश्रय दिन प्राधिकरणको आग्रह

 

१८ असोज, काठमाडौं । निरन्तर वर्षासँगै राजमार्गमै रोकिएका यात्रुहरूलाई सुरक्षित स्थानमा राखी खानपान, उपचार र आवश्यक सुविधा उपलब्ध गराउन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सबै पक्षसँग आग्रह गरेको छ।

शनिबार प्राधिकरणले जिल्ला प्रशासन कार्यालयहरूलाई परिपत्र पठाउँदै अलपत्र यात्रुहरूको व्यवस्थापनमा स्थानीय तह, यातायात व्यवसायी र सरकारी–गैरसरकारी संस्थाबीच समन्वय गर्न निर्देशन दिएको हो।

सरकारले असोज २० गतेसम्मका लागि लामो दूरीका सवारीसाधन रोक लगाइसकेको भए पनि, त्यसअघि नै यात्रा सुरु गरेका केही यात्री राजमार्गमा अलपत्र परेको प्राधिकरणले जनाएको छ।

उपसचिव रामबहादुर केसीका अनुसार, यात्रुलाई असुरक्षित अवस्थामा नछाड्न तत्काल राहत, आवास र स्वास्थ्य सेवा सुनिश्चित गर्नुपर्ने आवश्यकता देखिएको छ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend