सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

लुम्बिनी प्रदेशमा तीन मन्त्रीले लिए शपथ

लुम्बिनी प्रदेशमा तीन मन्त्रीले लिए शपथ

८ कार्तिक, काठमाडौं । लुम्बिनीप्रदेश सरकारमा थपिएका तीन मन्त्रीले शपथ ग्रहण गरेका छन्।

प्रदेश प्रमुख कृष्णबहादुर घर्तीबाट आज बिहान तीन जना मन्त्रीले शपथ ग्रहण गरे। बर्दियाका जन्मजय तिमिल्सीनाले सामाजिक विकास, पश्चिम नवलपरासीका देवकरण कलवारले वन तथा वातावरण र बाँकेका आदेश अग्रवालले आन्तरिक मामिला तथा कानुन मन्त्रीको शपथ लिए। शपथ लिएका मध्ये तिमिल्सीना र कलवार नेपाली कांग्रेस र अग्रवाल जनता समाजवादी पार्टीका हुन्।

लुम्बिनी प्रदेश सरकारमा मुख्यमन्त्रीसहित एमालेका पाँच, कांग्रेसका पाँच र जसपाका एक जना गरी मन्त्रीको सङ्ख्या ११ पुगेको छ। प्रदेशमा १२ मन्त्रालय छन्। युवा तथा खेलकुद मन्त्रालयमा मन्त्री नियुक्त हुन बाँकी छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend