३० असोज, काठमाडौं । काठमाडौँबाट धनगढी जाँदै गरेको यात्रुवाहक बस दुर्घटना भएको छ । बाँके प्रहरी कार्यलयका अनुसार मंगलबार काठमाडौंदेखि धनगढीका लागि छुटेको बस आज बिहान बाँकेको अगैया नजिक दुर्घटना भएको जनाएको छ ।
बसमा सवार यात्रु सबै सकुशल रहेको बाँकेका ट्राफिक प्रहरी प्रमुख पुस्कर पन्तले जानकारी दिए। विपरित दिशातिरबाट आएको ट्रकले बसलाई ओभरटेक गर्दा बस अनियन्त्रित भएर दुर्घटना भएको बसमा सवार यात्रुले बताएका छन्।
बस भित्तामा ठोक्किएकोले ठूलो दुर्घटनाबाट जोगिएको छ। बसमा करिब ४० जना यात्रु रहेका थिए। बसमा सामान्य क्षति भएको छ। बसमा सवार यात्रुलाई अर्को बसमा राखि गन्तव्यतर्फ पठाइएको छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend