काठमाडौं,कात्तिक १४ गते । कृषि तथा पशुपक्षी विकासमन्त्री वेदुराम भुसालले किसानलाई पुष्पखेती बढाउन आग्रह गरेका छन्। आज जावलाखेल खेलमैदानमा गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनीको उद्घाटन गर्दै मन्त्री भुसालले यस्तो आग्रह गरेका हुन्। उनले नेपाली उत्पादनलाई प्रवद्र्धन गर्दै आयातलाई निरुत्साहित गर्न सरकार क्रियाशील रहेको बताए ।
‘रोपेर फूल गोदावरी, सजाऔँ घर आँगन वरिपरि’ नाराका साथ सुरु भएको मेला यही कात्तिक १८ गते शनिबारसम्म चल्नेछ । पुष्प व्यवसायमा देखिएको बीउबिजनको समस्या पनि सुल्झाउने भुसालको प्रतिबद्धता थियो ।
फ्लोरिकल्चर एसोसिएसन नेपालका अध्यक्ष मीनबहादुर तामाङले पुष्पखेतीमा लगानीको वातावरण बनाउन सरकारले सहयोग गर्नुपर्नेमा जोड दिए । उनले बजारमा प्लास्टिकका फूलको आयातमा प्रतिबन्ध लगाउन सरकारसँग माग गरे ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend