शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३

जसपाले पार्टी कार्यालयको लागी आफनै भवन बनाउने

जसपाले पार्टी कार्यालयको लागी आफनै भवन बनाउने

काठमाडौं,कात्तिक १४ गते । जनता समाजवादी पार्टी (जसपा) नेपालले आफनै पार्टी कार्यालय भवन बाउने निर्णय गरेको छ । सोमबार बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले यस्तो निर्णय गरेको हो । प्रचार विभाग प्रमुख पूर्ण वस्नेतले ललितपुरको रानीबुमा सो भवन निर्माण गर्ने निर्णय बैठकले गरेको बताए ।

भवन निर्माणका लागि मधेश प्रदेशका पूर्व मुख्यमन्त्री एवं केन्द्रीय कार्यकारिणी समितिका सदस्य लालबाबु राउतको संयोजकत्वमा पाँच सदस्यीय भवन निर्माण समिति गठन गरेको छ । समितिको सदस्यहरुमा अमरेशनारायण झा, बलराम महतो, न्हुच्छेलाल महर्जन र सिताराम साह रहेका छन् ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend