काठमाडौं,कात्तिक १४ गते । गुल्मीमा जङ्गली च्याउ खादा तीन जना बिरामी भएका छन् । जिल्लाको इश्मा गाउँपालिका वडा नम्बर ६ बुल्मका ३९ वर्षीया सरिता कुमाल,११ वर्षीय विमल कुमाल र ८ वर्षीया सुस्मा कुमाल बिरामी भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
जङ्गली च्याउ खाएर बिरामी भएका उनीहरुको पाल्पाको मिसन अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिए ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend