काठमाडौं, कात्तिक १३ गते । आज एकैपटक दुई वटा संसदीय समितिको बैठक बस्दैछ । आज बिहान ११ बजे सिंहदरबारमा दुई वटै समितिको बैठक बस्नेछ ।
पूर्वाधार विकास समितिको बैठकमा दसैँ, तिहार तथा छठ लगायतका पर्वहरूमा देशभर ठुलो सङ्ख्यामा यात्रुहरूको आवतजावत हुने हुँदा सडक पूर्वाधारको अवस्था र यात्रुहरूलाई सहज रूपमा यातायातको प्रबन्ध गर्न दिएको निर्देशन र सो सम्बन्धमा मन्त्रालयले गरेको कामको समीक्षा हुनेछ । यसैगरी विधायन व्यवस्थापन समितिको बैठकमा राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक, २०७९ माथि छलफल हुनेछ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend