सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

नेपालमा पनि सचेतनामूलक कार्यक्रम गरि मनाइयो विश्व पक्षघात दिवस

नेपालमा पनि सचेतनामूलक कार्यक्रम गरि मनाइयो विश्व पक्षघात दिवस

काठमाडौं,कात्तिक १२ गते । आज नेपालमा पनि सचेतनामूलक कार्यक्रम गरी विश्व पक्षघात दिवस मनाइएको छ । विश्व पक्षघात दिवसको अवसरमा आइतबार काठमाडौंको रत्नपार्कस्थित शान्तिबाटिकामा नेपाल पक्षघात संघ र ग्राण्डी इन्टरनेशनल हस्पिटल लगायतका अस्पताल र स्वास्थ्य सेवा केन्द्रहरूले जनचेतनामूलक कार्यक्रम गरेर मनाइएको हो ।

विश्व पक्षघात दिवसको अवसरमा आइतबार काठमाडौंको रत्नपार्कमा जनचेतनामूलक प्लेकार्ड बोकेर वाकथनसमेत गरिएको थियो । साथै नेपाल पक्षघात संघ र ग्राण्डी इन्टरनेशनल हस्पिटल ग्राण्डी इन्टरनेशनल अस्पतालले सो अवसरमा आइतबार रत्नपार्कको शान्ति बाटिकामा स्वास्थ्य शिविरको समेत आयोजना गरेको थियो ।

स्वास्थ्य शिविर कार्यक्रममा बोल्दै नेपाल पक्षघात संघका अध्यक्ष तथा ग्राण्डी इन्टरनेशनल हस्पिटलका न्युरोलोजिस्ट डा राजु पौडेलले पक्षघातबाट बच्ने उपायका प्लोकार्डहरु बोकेर वाकथन गरेको र स्वास्थ्य शिविर सञ्चालन गरेको बताए । उनले पक्षघात धेरैजसो वृद्धहरूमा हुने भएकाले वर्षमा एकपटक पूर्ण रुपमा स्वास्थ्य परीक्षण गराउनुपर्ने बताए । उनले बालबालिकामा पनि पक्षघातको समस्या बढ्दै गएकाले सचेत र सजग रहन आग्रह गरे ।

डा राजु पौडेलले अचानक सन्तुलन बिग्रिने, बोली लरबरिने, हातखुट्टा लुलो हुने र आवाजमा अचानक परिवर्तन आउने जस्ता लक्षण देखिए साढे ४ घण्टाभित्र अस्पताल पुग्नसके समयमै उपचार गर्न र ज्यान जोगाउन सकिने बताए ।

त्यस्तै, वरिष्ठ न्युरोलोजिस्ट डा। लेख जंग थापाले सही अस्पतालमा सही डाक्टरले उपचार गरेमा पक्षघात पूर्णरुपमा निको हुने बताए। उनले जति सक्यो छिटो उपचार गरे पक्षघात निको हुने बताए । डा। थापाले पक्षघातको उपचार नेपालमा राम्रो हुने गरेको बताए। प्रत्येक वर्ष अक्टोबर २९ अर्थात् आजका दिन विश्वभर यो दिवस मनाइन्छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend