शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३

आजबाट बडा दशैं समापन हुदैँ

आजबाट बडा दशैं समापन हुदैँ

काठमाडौँ,कात्तिक ११ गते । नेपालीहरुको महानपर्व बडा दशैं आजबाट समापन हुदैँछ । गत असोज २८ गते घटस्थापना देखि सुरु भएको बडा दशैं आज पुर्णिमासँगै समापन हुन लागेको हो ।

नेपालीहरुले भव्यरुपमा मनाउने बडादशैँ पर्व धनधान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधनासहित रातमा जाग्राम बसेपछि आजदेखी समापन हुनेछ । आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरिनेछ, जसका लागि रातभर जाग्राम बस्ने प्रचलन रहदैँ आएको छ । माता दुर्गाका तीनवटा रुपमध्येका एक रुप महालक्ष्मीको पूजा गरेर आज दुर्गा पक्ष अर्थात बडा दशैंलाई बिदा गर्ने चलन रहेको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend