शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३

राष्ट्रिय सभाको बैठक आगामी मंगलबार बस्दै

राष्ट्रिय सभाको बैठक आगामी मंगलबार बस्दै

  • शुक्रबार, १० कार्तिक २०८०

काठमाडौं, कात्तिक १० गते । राष्ट्रिय सभाको बैठक आगामी मंगलबार अपरान्ह पौने पाँच बजे बस्ने भएको छ । राष्ट्रिय सभा सचिवालयले एक सूचना जारी गर्दै यस्तो जानकारी दिएको हो । सचिवालयले राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सेनाले कात्तिक १४ गते मंगलबार अपारान्ह चार बजेर ४६ मिनेटमा बस्ने गरी राष्ट्रिय सभा बैठक बोलाएको जानकारी गराएको हो ।

राष्ट्रिय सभा निवमावली, २०७५ को नियम ६ को उपनियम एक बमोजिम यस अघि गत असोज २९ गतेको सूचनाबाट राष्ट्रिय सभा बैठक स्थगित भएको राष्ट्रिय सभा सचिवालयका सचिव डा सुरेन्द्र अर्यालले जानकारी दिए ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend