सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

जुवा खेल्दै गरेको अवस्थामा ९ जना पक्राउ

जुवा खेल्दै गरेको अवस्थामा ९ जना पक्राउ

  • शुक्रबार, १० कार्तिक २०८०

मकवानपुर कात्तिक १० गते । हेटौँडामा ९ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ । हेटौँडामा एक व्यक्तिको घरबाट जुवा खेल्दै गरेको अवस्थामा साँढे ४ लाख बढी रकम सहित ९ जना जुवाडेलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

सूचनाका आधारमा प्रहरीले हेटौँडा–७ स्थित देवी वन टोलमा रहेको गोकुलनाथ पौडेलको घरमा तास खेलिरहेको अबस्थामा नगद सहित ९ जनालाई पक्राउ गरेको हो । उनीहरूबाट ४ लाख ६५ हजार रुपैयाँ र ४ बुक ताससमेत बरामद गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता लक्ष्मी भण्डारीका अनुसार पक्राउ पर्नेमा हेटौँडा–८ बस्ने अजय खड्का, मंदिप पौडेल, रोहित कुमार केबी, भरत तितुङ, हेटौँडा–७ बस्ने रुपक चौलागाई, वीरेन्द्र खत्री, गोकुल नाथ पौडेल, सबिन चौलागाई र हेटौँडा १५ बस्ने ओम घलान रहेका छन् ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend