काठमाडौं, कात्तिक १० गते । बडादशैंका अवसरमा सरकारले दिएको बिदा आज सकिएको छ । त्यसैले आजदेखि सबै सरकारी कार्यालयहरु खुल्दैछन्। कात्तिक ४ फूलपातीदेखि ९ गते द्वादशीसम्म सरकारले दशैंको अवसरमा बिदा दिएको थियो। बडादशैं भने भोलि पूर्णिमाका दिन समापन हुनेछ। यस्तै आज पनि टीका लगाउने क्रम जारी छ। टाढा रहेका आफन्तहरुसँग पूर्णिमाका दिनसम्म टीका लगाउने प्रचलन रहेको छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend