काठमाडौं, कार्तिक ९ गते । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र बेल्जियमको सिनेटकी सभामुख स्टेफिन डि होसकाबीच भेटवार्ता भएको छ। अन्तर व्यवस्थापिका संघ(आइपियु)को १४७ औं महासभाका क्रममा एङ्गोलाको राजधानी लुवाण्डामा बिहीबार भेटवार्ता भएको हो।
भेटवार्ताका क्रममा अध्यक्ष तिमिल्सिनाले नेपाल र बेल्जियम बिचको आपसी सम्बन्ध सद्भाव, विश्वास र पारस्परिक सम्मानले चिनिएको बताउँदै दुवै मुलुकले अन्तर्राष्ट्रिय मञ्चहरुमा साझा धारणा राख्दै आएको स्मरण गरे।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend