शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३

राप्रपा अध्यक्ष लिङ्देन आज सॅाझ अमेरिका जाँदै

राप्रपा अध्यक्ष लिङ्देन आज सॅाझ अमेरिका जाँदै

काठमाडौं, कार्तिक ९ गते । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन आज सॅाझ अमेरिका भ्रमणमा जाने भएका छन् । अध्यक्ष लिङ्देन पार्टी सम्बद्ध प्रवासी नेपाली एकता समाज (पानस) अमेरिकाको निमन्त्रणामा अमेरिका जान लागेका हुन् ।

अमेरिकाको विभिन्न राज्यमा हुने भ्रमणको क्रममा अध्यक्ष लिङ्देनले टेक्सासको ड्यालसमा हुने पानस अमेरिकाको तेश्रो राष्ट्रिय अधिवेशनको समुदघाटन र सम्बोधन गर्ने कार्यक्रम रहेको राप्रपा प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिएका छन् ।

भ्रमण टोलीमा अध्यक्ष लिङ्देनकी धर्मपत्नी सीता थापा लिङ्देन, राप्रपा सहायक महामन्त्री विजय खड्का, केन्द्रीय सदस्य, प्रवास विभागका प्रमुख आनन्द अधिकारी रहने छन् ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend