काठमाडौँ, कार्तिक ८ गते । हेलिकप्टर दुर्घटनामा गम्भीर घाइते भारतको मुम्बईमा उपचाररत् मनाङ एयरका पाइलट प्रकाशकुमार सेढाईँको निधन भएको छ ।
सेढाईं गत असोज २७ गते हेलिकप्टर दुर्घटनामा परेर गम्भीर घाइते भएका थिए । काठमाडौंको ह्याम्स अस्पतालमा उपचार संभव नभएपछि उनलाई भारतको मुम्बई लगिएको थियो ।
मुम्बईको नेशनल बर्न सेन्टर मुम्बईमा उपचारका क्रममा मंगलबार उनको निधन भएको मनाङ एयरले जनाएको छ । मनाङ एअरको हेलिकप्टर नाइन एन–एएनजे सोलुखुम्बुको लोबुचेमा दुर्घटना भएको थियो ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend