बिष्णु प्रसाद शर्मा,
देशको माटो चिनेका मानिसहरुले मात्रै राजनीति गर्नु उचित हुने छ । सबै भन्दा पहिला देशको माटो चिनौं । जसले विदेशको भूमिलाई मलजल गरि राखेको हुन्छ त्यसले कदापी आफनो देश चिनेको हुदैन । देशै नचिनी, माटोको महत्व नै नबुझी, गंवारवाट एक पटक सत्ताको भोग बिलासमा पुग्नेहरुलाई रोगले मात्रै गाँजेको अबस्था देखिन्छ । जसले पालना गर्नु पर्ने शक्तिको नियम बुझेको जानेको हुदैन भने त्यसले अनेक प्रकारका रोगहरुको सामना गर्ने पर्दछ ।
विश्व जगतलाई चकित बनाउँदै राजनीतिको पाठ सिकाउन सक्ने गौरवमय वीरसता नेपालमा छ । विश्वका कुनै पनि शक्तिहरुले र धनान्यहरुवाट हेपिनु , पेलिनु पर्ने अवस्था नेपाललाई छैन । शरिरभरी शक्ति र सम्पति बोकेर आज नेपाल अरु संग हात पसारी राखेको अवस्था छ । तर, नेपाल संग बिश्वलाई किन्न सक्ने क्षमता र शक्ति छ । यो शक्ति र क्षमताको सदुपयोग हुनै पाएन । गोरखाका राजाराम शाह, नरभूपाल शाह र पृथ्वीनारायण शाहले बुझेका थिए। त्यस पछि राजा महेन्द्रले बुझेका र त्यसको सदुप्रयोग गर्नाका खातिर राजा वीरेन्द्रले शान्ति क्षेत्रको प्रस्ताव पेश गरेका र इण्डियामा बाँचेर नाचेका हलिहरु मात्रै, होइनन, पूरै डण्डियाका शासकहरू काापेका थिए । प्रधानमन्त्री कीर्तिनीधि विष्ट, तुलसी गिरी र मरिचमान श्रेष्ठले भलिभाँती बुझेका र छिमेकी संग मित्रता नै कायम गराउन पर्दछ भनेर नरम भइदिदा आज यो हविगत हुन पुग्यो ।
सबै मित्रराष्ट्रसंग पंचशिलताको सिद्धान्त कायम गराएर नै शासन पद्धति चलाई राखौ भन्नु नराम्रो होइन, थिएन र उचित थियो ।देश बुझेका इमान्दार नागरिकहरू विस्तारै घटि सकेका अनि स्वार्थि, अपराधि, लालची र पराधिनताले गाँजेकाहरुको बाहुल्यता कायम भई रहँदा देश र जनता प्रति उत्तरदायि हुने शासकहरुको खडेरी परिसकेको पत्तै भएन। यो अवस्थामा सबै गम्भिर हुनु पर्ने हो तर देश प्रति कुनै नेतामा माया भएको देखिएन । देश घातीको संख्यात्मक बृद्धिलाई आँकलन गरिएन। देशको धमिरालाई प्रधान मन्त्रिको जिम्मेवारी लामै समय सम्म दिईयो। यावत अवस्थाले गाँजी रहँदा देशको असली शासक बन्न सक्ने मानिसले होइन, इण्डियालाई खुशी पार्नु पर्दछ भन्नेहरूको कव्जामा देश पुग्यो र आजको विकराल अवस्थाको सामना गर्नु पर्ने बाध्यताले पिरोली राख्दा पढे लेखेका युवाहरु बिदेशको भूमिमा पसिना बगाइरहेका छन ।
देश मित्र रहेका महत्वपूर्ण साधन श्रोतको सदुपयोग गरेर बेहुली झै देशलाई सिंगारेर राख्न र नेपाली जनतालाई देशैमा राखेर अपरताले जुन सम्पत्ति छ त्यसलाई पहिचान गर्दै राष्ट्रलाई समृद्ध बनाउन कुनै विदेशी शक्तिको आवश्यकता पर्दैन । केवल त्यो अथाह सम्पति बुझेर र सुरक्षा दिएर सबै जनतालाई साथैमा लिएर काम गर्ने हो भने दश वर्षमा सबै ठिक हुने छ र विस्तारै विदेशीहरु हटेर आफै जाने छन्। विकसित रुपमा देखिएका साधनहरूको सहयोग र क्षमतालाई प्रयोग गरेर हामीले नै उनीहरुवाट लादिएको अवसर प्राप्त गर्दै नेपाली युवाहरूलाई रोजगार बनाउन सकिन्छ । भएको बहुमूल्य वस्तु बिदेशीलाई सुम्पेर उनीहरुसंग नै हात थाप्नु केवल दासता स्वीकार गर्नु मात्रै हो ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend