काठमाडौं, असोज २३ गते । इजरायलमा दश जना नेपाली विद्यार्थीको आतङ्कवादी हमलामा मृत्यु भएकामा भारतले दुःख व्यक्त गरेको छ । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सोमबार परराष्ट्रमन्त्री नारायणप्रकाश साउदलाई शोक सन्देश पठाएर दुःख व्यक्त गरेका हुन् । सन्देशमा राजदूत श्रीवास्तवले हमलामा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनमा समवेदना प्रकट गरेका छन् ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend