काठमाडौं,असोज २१ गते । नेकपा (एमाले)को सुदूरपश्चिम प्रदेशको अधिवेशन आजबाट सुरु हुने भएको छ । अधिवेशनको उद्घाटनका लागि पार्टीका अध्यक्ष केपी शर्मा ओली धनगढी जाने कार्यक्रम तय भएको आयोजकले जनाएको छ ।
धनगढीमा असोज २१ र २२ गते चल्ने प्रदेश अधिवेशनका लागि अध्यक्ष ओली र महासचिव शङ्कर पोख्रेल लगायतका नेताहरू धनगढी जाने जनाइएको छ । एमालेको सुदूरपश्चिम प्रदेश कमिटी तथा अधिवेशन मूल व्यवस्थापन समितिले शनिवार पत्रकार सम्मेलनको आयोजना गर्दै अधिवेशनको तयारी पूरा भएको बताएको हो। सुदूरपश्चिममा ६७५ प्रतिनिधिको सहभागिता रहने जनाइएको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend