सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

जसले आफैलाई नेतृत्व गर्न सक्दैन ऊ अरूको नेता कसरी बन्नसक्छ ?

जसले आफैलाई नेतृत्व गर्न सक्दैन ऊ अरूको नेता कसरी बन्नसक्छ ?

भक्त के सी,
काठमाडौं,असोज २१ गते । सुन्ने बानी र सिक्ने बानीमा त हाम्रा नेता निकै पछाडि छन् । पटक–पटक चुकेको नेतृत्वले राज्य चलाउन नसकेको देखि नै राखेका छौ। हामी प्रत्येकभित्र एउटा नेता छ । अर्थात् प्रत्येक व्यक्तिभित्र नेतृत्व गर्ने गुण लुकेको हुन्छ, नेता बन्ने गुण लुकेको हुन्छ । हाम्रो व्यक्तित्वको विकास भनेकै आफूभित्र सुशुप्त अवस्थामा रहेको नेतृत्व गुणको विकास गर्नु हो ।नेतृत्व भन्ने कुरा आफैँबाट सुरु हुन्छ । असल नेता बन्ने पहिलो खुड्किलो हो आफैँलाई नेतृत्व गर्ने । जसले आफैलाई नेतृत्व गर्न सक्दैन ऊ अरूको नेता कसरी बन्नसक्छ ? नेतृत्व क्षमता व्यक्तिको आन्तरिक गुणमा आधारित कुरा हो ।
१। बलियो इच्छाशक्ति २। आत्मविश्वास हुनु ३। अभिप्रेरित गर्न सक्ने क्षमता ४। जिम्मेवारी र उत्तरदायित्वको भावना ५। प्रभावकारी सञ्चार सीप ६। इमानदार सोच र चरित्र ७। त्यागको भावना हो। नेता नकारात्मक बेबिचारी भए , नकारात्मक सोचले गर्दा मानिसको आत्मविश्वास हराउँदै जाने, आफूलाई कमजोर सोच्ने, केही गर्न सक्दिनँ जस्तो लाग्ने, बोल्न डराउने, निराश हुने भएका छन् नागरिकको अवस्था दिन प्रतिन कम्जोर भएको छ , नेतालाई मोज मस्ती, अहिले कांग्रेस कम्युनिस्टका नेता कार्यकर्तालाई मात्र छ। नेपालमा दशैं तिहार सुरु भएको छ। नेपालीको क्रय शक्तिमा घटेको छ। अति आबस्यक सर सामान समेत किन्न सक्दैन, क्षमता छैन देशका नागरिक सँग ।
हिज आजका धट्वा नेता ११ कपटी ले के गरे , एउटा नेता आंफ्नो चुनाव प्रसार गर्नु गाऊँ गयो। गाऊंलेहरुलाई सोध्यो तिमीहरुको समस्या के छरुएउटा नेता भोट माग्दै एक जना बृद्धको घरमा पुगे र ति बृद्धको हातमा रु १००० थमाउदै भने बाबा यसपालि भोट चाही मलाई है, लाज छैन अर्को पटक नि तेही भन्ने छन् , एउटा यात्रामा नेता, कार्यकर्ताको यस्तै मनोविज्ञान देखियो ।नेताको वास्तविक अर्थ यी दुवै विचारभन्दा फरक छ । ुनेतृत्वु एउटा गुण हो जुन प्रत्येक व्यक्तिमा हुन्छ । हामी प्रत्येकभित्र एउटा नेता छ कैले बुज्ने रु नेता कार्यकर्ता कानूनी राज्यको पक्षमा उभिनुपर्छ । उल्टो देखियको छ।
लक्ष्य र कामप्रति सधैँ उत्प्रेरित भइरहनु नेताको गुण हो । यदि तपाईंको लक्ष्य सामूहिक वा सामाजिक छ, भने अरूलाई साझा लक्ष्यप्रति उत्प्रेरित गराइराख्नु पनि उत्तिकै आवश्यक छ। अरूको कुरा सुन्न सक्नु, बुझ्नसक्नु सञ्चारको पहिलो सीप हो । आफ्नो कुरा इमानदारीपूर्वक र स्पष्टसित भन्नसक्नु दोस्रो सीप हो । जिज्ञासाले भरिएका प्रश्न गर्नसक्नु तेस्रो र अत्यन्त महìवपूर्ण सञ्चार सीप हो । सञ्चार र सिकाइलाई यहाँ एकै ठाउँमा राखिएको छ । सिक्न चाहने प्रवृत्ति सञ्चारमा प्रकट हुन्छ ।असल नेताको लागि लक्ष्य हुनु मात्र प्रशस्त छैन । लक्ष्यको साथसाथै मूल्य(मान्यता र आदर्श हुनु पनि उत्तिकै जरुरी हुन्छ ।नेताले भाषणमा गाली गर्दै गरेको मन पराउने नागरिकले भबिस्य को आस गर्ने रु नेताहरू भाषणमा त बोल्छन्, गाली गरेर , नेताले अब अरुलाई गाली गरेर उम्किन पाउने अबस्था छैन। तपाईं हामी सामाजिक सन्जालमा नेतालाई गाली गर्छौ , तर तिनै नेताको भाषणमा ताली पिट्ने पनि हामी नै हौ। आफुले आफैलाई बुज्नु पर्यो , राम्रो कुरा सिक्नु पर्यो जानेको कुरा सिकाउनु पर्यो। शिक्षक र अभिभावक दुबैले मनोविज्ञानलाई बुझेर अगाडी बढ्ने र ती कलिला बालबालिका युवा लाई सिकाउने भन्ने मा जानकार हुनु पर्यो, आवश्यक अनुशासन ,आदर, गुण बनाउनु पर्यो ।आफूले जानेको कुरा अरूलाई सिकाउनुपर्छ। केही सिक्नु छ भने उमेर बाधक हुँदैन।नजानेको कुरा सोध्न धक लाग्छ भन्ने , जानेको कुरा सिकाउन अल्छी लाग्छ भन्ने मनुस्य को केहि अर्थ छैन। जानेको कुरा सिकाउन पाउँदा पनि खुसी मान्नु पर्छ। जानेको बुझेको कुरा सिकाएर कहिल्यै पछि परिँदैन ।नकारात्मक सोच विचार सिकाउनु हुँदैन। भबिस्य अन्धकार हुन्छ। तपाईका बिचार, सुझाव र प्रतिक्रिया को निर्दोष जनता सिको गर्ने छन्। सभ्य र चेतनशील नागरिक हुन् , विनयी, विनम्रता, सद्भाव, सत्य जस्ता गुणहरुको विकास गर्नु पर्छ। नेपालमा कुनै भबिस्य छैन भन्दै साना ठुला ब्यबसायी अब नेपालमा अन्धकार भयो सटर लगायर हिन्नु पर्ने भयो भन्छन , सोचे जस्तो प्रगति हुन नसकेको उल्लेख गरेका छन्। जनसमुदायहरु, तपाईं हामी न्याय र मुक्तिको अन्तिम लडाइँमा जुट्नुको बिकल्प छैन। देशमा आज भीषण लडाइँको नजिक छ। नेपाल र नेपाली सबैलाई प्रत्यक्ष रुपमा दुरगामी असर पारेको छ। हरेक क्षेत्रको आफ्नै पिडा र बाध्यता छन्। शिक्षा र विधार्थीको जीवनमाथि खेलवाड , डाक्टर नर्स माथि सांघातिक हमला , धार्मिकहरू बीच झैँ(झगडा हिन्दु , मुस्लिम क्रिश्चियन बौद्ध आदिमा नकारात्मक सोच फैलाउनु नेता कार्यकर्ता कता लागेका छन्। धर्ममा ूअहिंसा परमो धर्मंू भन्छ, तर धर्मलाई धारण गर्ने, अनुशरण गर्ने, धर्मोपदेशको पालना गर्नेदेखि धर्मका नाममा विभिन्नखालका गतिविधि गर्ने सबैको थलो बन्दैछ नेपाल।धर्मले मानिसलाई निश्चित परिधिमा बाँधेर राख्ने गर्छ । जसले गर्दा पनि मानिस अनुशाषित हुन्छन् ।अहिंसा परमो धर्मः अहिंसा परमो धर्मस्तथाहिंसा परं तपः । अहिंसा परमं सत्यं यतो धर्मः प्रवर्तते ॥ अहिंसा परमो धर्मस्तथाहिंसा परो दमः । अहिंसा परमं दानमहिंसा परमं तपः ॥
मानव जातिले आज नकारात्मक सोच र भावनाहरुलाई सामान्य रुपमा ग्रहण गर्न थालेका छन् ।नकारात्मक सोच कसरी त्याग्ने, सकारात्मक सोच कसरी बढाउने भनेर कयौं तालिम, सेमिनार, गोष्ठी, प्रवचन हुने गर्दछन् ।जीवनमा संघर्षशिलता, लगनशिलतामा आवद्दताका सँगसँगै अनुशासित र क्रियाशीलता अति आबस्यक छ। अनुशासित जीवनमा सहपाठी, साथी भाइहरू, गुरू, गुरूआमा र अभिभावकको साथ, भरोसा र हौसला प्राप्त हुन्छ। जसले जीवनको खुड्किला चढ्न मद्दत गर्छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend