काठमाडौं, असोज १९ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल आज सुदूरपश्चिम प्रदेशमा जाँदै छन् । गत मंगलबार र बुधबार बझाङलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पका कारण भएको क्षतिको अवलोकन गर्न प्रधानमन्त्री प्रचण्ड सुदूरपश्चिम प्रदेश जान लागेका हुन् ।
उनले भुकम्पको केन्द्रबिन्दु बझाङमा नै गएर प्रत्यक्ष अवलोकन गरी थप राहत, पुनर्स्थापना र पुनर्निर्माणको काम गर्नका लागि सरकारी निकायलाई आवश्यक निर्देशन दिने छन् ।
बिहीबार सिंहदरबारमा बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकमा प्रधानमन्त्री दाहालले थप राहत र पुनःस्थापनाका लागि तत्काल कार्य अघि बढाउन सम्बन्धित निकायहरूलाई निर्देशन दिएका थिए ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend