शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३

लोसपाको पदाधिकारी बैठक बस्दै

लोसपाको पदाधिकारी बैठक बस्दै

काठमाडौँ असोज १६ गते । लोकतान्त्रिक समाजवादी पार्टी नेपालको पदाधिकारी बैठक आज बस्ने भएको छ । बैठक बुद्धनगरको एक पार्टी प्यालेसमा बस्न लागेको हो ।लोसपाले असोज ८ गते ३११ सदस्यीय कार्य समिति सार्वजनिक गर्दा त्यसमा ६३ जना पदाधिकारी छन् । ६३ जनामा १६ जना महासचिव नै रहेका छन् । केन्द्रीय समितिमा एक जना अध्यक्षसहित तीन जना वरिष्ठ नेता, एक जना वरिष्ठ सहअध्यक्ष, छ जना वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष मात्र १५ जना सहमहासचिव आठ जना, सचिव ११ जना, कोषाध्यक्ष दुई जना, प्रवक्ता एक जना, र सह कोषाध्यक्ष एक जना रहेका छन् । लोसपाका सचिव मनिष मिश्रका अनुसार पदाधिकार चयन भएपछिको यो पहिलो बैठक हो, यो बैठकले पार्टी सङ्गठन तथा समसामयिक विषयमा छलफल गर्ने बताए ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend