काठमाडौँ, असोज १६ गते । सरकारले विश्व बसोवास दिवस २०८० मनाएको छ । शहरी विकास मन्त्रालयले विश्व बसोवास दिवसको अवसरमा सोमवार होटल हिमालयमा कार्यशाला गोष्ठीको आयाजना गरी विश्व बसोवास दिवस २०८० मनाएको हो । ‘समृद्धि एवं पुनःलाभयुक्त शहरः उत्पादनशील अर्थतन्त्रको आधार’ भन्ने मूल नारासहित विश्व बसोवास दिवस मनाएको हो । नेपालले सन् १९८६ देखि हरेक वर्ष अक्टोबर महिनाको पहिलो सोमबार विश्व बसोवास दिवस मनाउँदै आएको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend