सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

हिमाल, पहाड र तराई थिएनौ हामी पराई

हिमाल, पहाड र तराई थिएनौ हामी पराई

बिष्णु प्रसाद शर्मा,
एउटा प्राकृतिक रूपले नै सुन्दर अनि मनमोहक ढंगले आफै तयार भएको देश नेपाल । हिमाली भेगका दिदी बहिनी लगायत महिलाहरुले सुन्दरताका खातिर नाकको दाहिने भागमा तारा आकारमा बनाईएको फुली र नाकको नथ्थामा–चन्द्रमा र सिरमा सूर्य अंकित शिरवन्दी लगाएर निर्धक रूपले लेक, वेसी र शहर गरिरहदा महाडर समथरको बीच भागमा कलकल गर्दै बगेको जरुवाको पानी लागेको, थकाई अनि भोकलाई समेत भेटाई दिने त छर्दै थियो । कोयलीको गित, चराचुरुङ्गीको चिरवीर आवाज र मानवताको एकल बाँसुरीको धुन, हिउदको समयमा सुखा र सुकेका डाँडाहरूले मेरो पनि जीवन चलिरहेकै छ भन्ने भाँतीको पहरेदारी, गहिराईमा कलकलताले सुसेली हाल्दै तैरी रहेको निलो खोला र नदीहरूको सुसाई आपसमा कोही कसै संग वैरभाव नराख है भनेर दिई रहेको उपदेश ।
गडीहरुमा वीरविरंगनाहरुले प्रदर्शन गरेको कौशलतापूर्वकको बहादुरी र कुशल राजकिय नेतृत्वको भूमिका असल नियतले राष्ट्रका लागी गरिएका कर्महरुको प्रतिफल र राष्ट्रियता भन्दा ठूलो अरु केही होइन भन्ने मानसिकता अनुरूप चलेको शासन पद्धतीका विरुदमा लागेको छिमेको शरणमा पुग्दै देश र गौरवमय वीरसता भत्काउन चाहने केही स्वार्थी र विधर्मीहरुको रवैयाले छिनालेको आजको अवस्था भरी लरङ् तरङ् गर्दै उभिएको छ नेपाल । रंग विरंगका तालसुर केही नभएका दलिय हौवामा मच्चिदै गरेका अरौटे र भरौटे दलियताका खैजेडीहरु आकाश र पातालको प्यास ध्वाँस दिएर घर घर भडकाउने नीति लिएर घुमि रहने झोलेहरु उर्लिएको खहरों झै पडकिएको आवाज छरपस्टै सुनिदै छ ।

२१ सालमा भूमिसुधार नामको एक परिवर्त ल्याउने श्री ५ महेन्द्रको सदासयताले सुनाबाट अरबपति बनेका सुकुम्वासी र जमिनदारबाट तल रोडपती बनेका समेत नेपालकै नागरिक थिए र छन् । राजाहरुलाई गाली गलोज गर्दै दक्षिणको इसारमा उभिएका केही दलहरुमा आबद्धता वारी र पारी खैजेडी बजाउने हवल्दार अनि अरदलीको कमी थिएन । नेपाली जनता तर अनाहकमा देहावसन हुन परेको पीडा र गुमाउन परेको आफन्त पाइला पाइलामै भेटिने मठमन्दिरले सबैलाई एक भएर उभिन नै सिकाएको छ भन्ने भान थियो हामीलाई र अझै बाँकी छ ।

महाभारत कथाका पात्र पाण्डु पुत्र पाँच पाण्डव र द्रौपदीलाई अर्का पात्र सकुनीको कुटील चालले गर्दा बनवास समेत जान परेकै थियो । अर्जुन पुत्र अभिमन्युलाई चक्रव्यूमा पारि मारिएको र अभिमन्यू पुत्रलाई सुतिरहेकै ठाउँमा हत्या गरिएको थिएन र युद्धको नियम पालना गरिएको हुने थियो भने धृतराष्ट्रले मर्ने समयमा आठ हात जमिन माग्दा पाउने थिए। अव नेपालको इतिहासमा कृष्णको अवतार तिर्नु पर्ने विष्णुले समय खेर जान नदिई बैरी नासको बिगुल फुक्दै अगाडी देखिनै पर्दछ । देशको अस्तित्वको लागि हिमाल, पहाड र तराई थिएनौं हामी पराई भन्दै जनताले साथ सहयोग दिनै पर्दछ भने पञ्चशिलको सिध्दान्तमा अडिग नेपाल रहन्छ भन्दै मित्रराष्ट्रहरुले साथ सहयोग र समर्थन गर्ने पर्दछ !! जरुवाको चिसो, स्वादिलो पानी विलाएको छ । मानवता हराएर दानवताको सनसनी हराएको सनसनी जागेको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend