आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

विजया दशमीमा उपाध्यक्ष रबिन्स शर्माको शुभकामना सन्देश

विजया दशमीमा उपाध्यक्ष रबिन्स शर्माको शुभकामना सन्देश

 

काठमाडौं । नेपालीहरूको महान चाड विजया दशमी २०८२ को पावन अवसरमा राष्ट्रिय निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याप्सन) का उपाध्यक्ष रबिन्स शर्माले सम्पूर्ण नेपाली जनताप्रति हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।

उहाँले स्वदेश तथा विदेशमा रहेका नेपाली दाजुभाइ दिदीबहिनी, आमा(बुबा, साथीभाइ र शुभेच्छुकहरू सबैमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिका लागि मंगलकामना गर्दै दशैंले आपसी भाईचाराको भावना अझ प्रगाढ बनाओस् भन्ने कामना गर्नुभएको हो ।

 

 

शुभकामना सन्देशमार्फत उपाध्यक्ष शर्माले दशैं केवल खुसी र उत्सवको पर्व मात्र नभई असत्यमाथि सत्यको विजयको प्रतीक भएको स्मरण गराउँदै यसको सन्देशलाई व्यवहारमा उतार्नुपर्नेमा जोड दिनुभयो । उहाँले शिक्षा क्षेत्रले मुलुकलाई समृद्धि र आधुनिकतामा डोर्याउने भएकाले दशैंको अवसरमा सबैले सकारात्मक सोच र मिलेर अगाडि बढ्ने संकल्प गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।

शर्माले देशभित्रै मात्र नभई विदेशमा रहेका नेपालीहरूले पनि दशैंलाई आफ्नो संस्कृति, परम्परा र पहिचानसँग जोडेर मनाउनुपर्ने बताउँदै शुभकामना सन्देशमार्फत सबैलाई एकताको सन्देश प्रवाह गर्नुभएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend