आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

आज देशका विभिन्न स्थानमा मध्यमदेखि भारीसम्म वर्षा हुने सम्भावना

आज देशका विभिन्न स्थानमा मध्यमदेखि भारीसम्म वर्षा हुने सम्भावना

 

काठमाडौँ । आज देशका विभिन्न स्थानमा मध्यमदेखि भारीसम्म वर्षा हुने सम्भावना देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाले आज बिहान जारी गरेको प्रक्षेपणअनुसार दिउँसो देशका पहाड भेगमा साधारणतया बदली रही बाँकी स्थानमा आंशिक बदली रहनेछ। कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश, लुम्बिनी प्रदेशका पहाडी भूभागका थोरै स्थान तथा अन्य प्रदेशका पहाड र तराई भूभागका एक(दुई स्थानमा मध्यम वर्षाको सम्भावना छ। साथै कोशी र बागमती प्रदेशका पहाडी भूभागका एक(दुई स्थानमा भारी वर्षा हुने पनि संभावना रहेको महाशाखाले जनाएको छ।

आज राति कोशी प्रदेश र मधेश प्रदेशलगायत देशको पहाड भेगमा साधारणतया बदली रहनेछ भने बाँकी स्थानमा आंशिक बदली रहने महाशाखाले उल्लेख गरेको छ। राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थान तथा बाँकी भूभागका केही स्थानमा मध्यम वर्षा हुने पूर्वानुमान गरिएको छ।

मौसमविद्हरूका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव भए पनि कमजोर छ भने स्थानीय वायुको आंशिक प्रभाव देखिएको छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend